भाद्र २०८०

काठमाडौं पहिलो बालमैत्री स्थानीय शासनयुक्त वार्ड : वार्ड नं. ७

कीर्तिपुर नगरपालिका वडा नं. ७ लाई मिति २०८० भाद्र ७ गते का दिन वडा अध्यक्ष श्री दिवाकर अधिकारी, वडा सदस्य श्री दुर्गालाल माली, वडा सदस्य श्री विनोद के. सी. , वडा सदस्य श्री उमा महर्जन, वडा सदस्य श्री प्रमिला सुनाम का साथ सम्पूर्ण वडा कर्मचारीहरुको विशेष पहल, कीर्तिपुर नगरपालिका उपप्रमुख श्री शुभलक्ष्मि शाक्यको सभापतित्व, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय श्री सुरेन्द्र राज आचार्य ज्यूको प्रमुख आतिथ्यता, विशिष्ठ अतिथि माननीय श्री राजेन्द्र कुमार के.सी. (पूर्व खेलकुद मन्त्री तथा काठमाडौँ क्षेत्र नं. १० का प्रतिनिधि सभा सांसद), विशेष अतिथि माननीय श्री पुकार महर्जन (सहकारी तथा पर्यटन मन्त्री, बाग्मती प्रदेश), अतिथि श्री घनश्याम गिरी ( चन्द्रगिरी नगरपालिका, नगर प्रमुख), अतिथि श्री मोहन बस्नेत (दक्षिणकाली नगरपालिका, नगर प्रमुख), अतिथि श्री बसन्ती तामाङ्ग डंगोल (दक्षिणकाली नगरपालिका, नगर उपप्रमुख), अतिथि श्री सन्तोष बुढाथोकी (काठमाडौँ जिल्ला सम्वन्वय समिती, प्रमुख), अतिथि श्री कृष्ण सुवेदी ( Child Development Society (CDS) का कार्यकारी निर्देशक), अतिथि श्री प्रकाश खतिवडा ( National Child Protection Alliance Nepal का अध्यक्ष), अतिथि श्री Roslyn Hanson Gabriel ( World Vision International Nepal का National Director) लगायत विभिन्न व्यक्तित्वहरुकाे समुपस्थितिमा विशेष समारोह आयोजना गरी कीर्तिपुर नगरपालिका वडा नं. ७ लाई काठमाडौँ जिल्लाको प्रथम बालमैत्री स्थानीय शासनयुक्त वडा घोषिणा गरियो ।

सेवाग्राहीहरुको आफ्नो भनाई

जनताले तारिफ गरिरहेका छन् हाम्रो शहर र काम?

कीर्तिपुर नगरपालिका वडा नं ७ वडा कार्यालयमा सेवा लिन आउँदा मलाई एकदम सहज वातावरणको अनुभव भयो । यहाँका कर्मचारीहरू एकदम सरल, उत्कृष्ट र सहयोगी हुनुहुन्छ ।

बुद्धि डंगोल -

कीर्तिपुर

यस वडाका जन प्रतिनिधि र कर्मचारीहरू सबै अत्यन्त सेवाशील र सकारात्मक हुनुहुन्छ ।

तासिका सिंह -

कीर्तिपुर